दफा
प्राज्ञिक परिषद्को गठन
(१) प्रतिष्ठानको शैक्षिक, प्राज्ञिक तथा अनुसन्धानात्मक कार्यलाई व्यवस्थित एवं नियमित गर्ने निकायको रुपमा एक प्राज्ञिक परिषद्रहनेछ ।
(२) प्राज्ञिक परिषद्को गठन देहाय बमोजिम हुनेछ ः-
(क) उपकुलपति –अध्यक्ष
(ख) प्रतिष्ठानका विभिन्न विषयगत समितिका अध्यक्षहरूमध्ये कार्यकारी परिषद्को सिफारिसमा सभाबाट मनोनीत पाँचजना –सदस्य
(ग) डीन –सदस्य
(घ) प्रतिष्ठानका पाठ्यक्रम तथा परीक्षा सम्बन्धी निकायका प्रमुखहरू –सदस्य
(ङ) शिक्षकहरूमध्ये कार्यकारी परिषद्को सिफारिसमा सभाबाट मनोनीत कम्तीमा एकजना महिला सहित दुईजना –सदस्य
(च) स्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तिहरूमध्ये कार्यकारी परिषद्को सिफारिसमा सभाबाट मनोनीत कम्तीमा एकजना महिला सहित दुईजना –सदस्य
(छ) निर्देशक –सदस्य–सचिव
(३) उपदफा (२) बमोजिम मनोनीत सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ ।
(४) मनोनीत सदस्यको पद कुनै कारणले रिक्त हुन गएमा बाँकी अवधिको लागि सो पदमा पहिले जुन प्रक्रियाबाट पूर्ति गरिएको हो सोही प्रक्रिया बमोजिम अर्को व्यक्तिलाई
मनोनयन गरिनेछ ।
(५) प्राज्ञिक परिषद्को बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।